Monday, January 30, 2012

गज़ल,


कल्पनामा रात बित्यो प्रेमको यहाँ खात छैन
अन्धकारमा लडे पनि भर दिने हात छैन ।

पल पल हर घडी तिम्रै निम्ती तड्पिन्छु म
यादले म रोए पनि आश्वसनको बात छैन ।

दिन बित्छ कल्पनामा साँझ बित्छ उस्कै यादमा
भाक्छु सधैं देवतालाइे सपना दिने रात छैन ।

बिताइेदिन्छु हर क्षण मायालुकै नाम जप्दै
भुल्नलाइे पिएपनी भुलाउँने मात छैन ।

प्रेम पत्र कोर्न खोज्छु हात त्यसै कामी दिन्छन्
"प्रभा"नाम लेखुँ भने पिपलुको पात छैन ।

रचना- सेप्टेम्बर/ ४/ २०११

0 comments:

Post a Comment