Monday, January 30, 2012

गज़ल

अजर अमर नाम राखी भानु जस्तै बाँच्न पाउँ
आदी कबि उपनाम निधारमा टाँस्न पाउँ ।

केही गर्ने धोको अनी उदेश्यलाइे सँगाल्दै
कबित्वको दियो बाल्दै जुनी जुनी हाँस्न पाउँ ।

आफु भन्दा सानोको नी अर्ती बुद्धि बटुलेर
गाउँ घर समाजका तिर्खा भोक नाँस्न पाउँ ।

साहित्य र श्रीजनामा आजन्मभर लागेर नै
भानुले झैं रामायाणको साईनो मीठो गाँस्न पाउँ ।  

दिर्घ जीवन बाँच्नु पर्छ भानु जस्तै अमर बनी
असहयोग अवन्नती भावनालाइे माँस्न पाउँ ।
 ( रचना -जुलाइे -११/ २०११ )

0 comments:

Post a Comment