चराचर यो जगतमा जीवनको मुल्य खोजौं न
जगतलाइे चलाऊने अनमोल शुत्र तोकौँ न ।
जन्म लियौँ पाएर यो मनुष्यको चोला अहिले
जीवन के हो? आफैलाइे घोत्लिएर अझै सोधौँ न ।
खानु लाउनु मात्र हैन जीवनको सार जानौं यो
जन्मेर त केही गरौं यस्तै शुद्ध बिचार सोंचौँ न ।
सृष्टी सारा अल्झिदियो मायालाइे प्रिय ठानेर
नअल्मल अतितमा नौलो केही सोँच बोकौँ न ।
झुल्कनु र अस्ताउँनु घामको सँस्कार मात्र होइन
जीवनलाइे उज्यालोको तराजुमा पनि जोखौँ न ।
( रचना - जुलाइे/ १२/ २०११ )
0 comments:
Post a Comment