''स्वदेश गीत ''
बैरी नठान आमा मलाई म त तिम्रै सन्तान हुँ नि
छाती तिम्रो पीडाले चर्किए मै मल्हम बन्न सक्छु नि ---
जन्मियौ हामी तिम्रै कोखबाट सन्तान थरी थरी ,
सजायौ सपना मिठो तिमीले हाम्रै भर पर्छु भनी---
तर सकेनौ हामीले सपना तिम्रो सधैं सार्थक बनाउन
रहेनछ भाग्यमा कसैको फेरि तिम्रै काखमा रमाउन
पराइ नठान आमा मलाई म त बुढेसकालको सहारा हुँ नि
ह्रीदय तिम्रो ब्यथाले जले मै शितल जल छर्न सक्छु नि ---
एऊटै हातको पाँच औंला पनि छन बेग्ला बेग्लै नै
सबैको भर नभए पनि काम दिन सक्छ कुनै एकले ---
त्यस्तै ठान आमा मलाई पाँच औंला मध्य एक
थाम्ने प्रयास गर्नेछु म आउने बाधा अड्चन हरेक ---
बैरी नठान ---
December /16/2009
0 comments:
Post a Comment