हामी जनता
बहुलाकाजीको सपना ओढेर
बाँची रहेछौँ
र..... त,
तिमीहरू देशको
झण्डा उचाल्नेहरू
हामीलाई त्यहि सपनाभित्रै
मस्त सुतेका देख्न चाहन्छौ
तर सोंच ........,
भित्री मथिङलले
बहुला काजीको सपना
मिथ्या र भ्रम थिएन
उस्को सपना त भरियाको
ढाकरसंगै शिक्षाको भारी
बोक्नु पनि थियो ,
गरीबहरूको सारङी रेटिएको
पेट्मा पनि अन्नको
बास बसाउनु थियो
तर सहि वाक्य बोल्दा उस्ले
बहुलाको उपनाम भिर्नु पर्यो
यथार्थमा उस्को सपना
बहुलारुपी मथिङलबाट सिर्जित
भएपनि सज्जनहरुकोलागी
दर्हिलो झापट थियो ।
हो.... सम्झ हामी पनि
उही बहुला काजी हौं
जो सपना देखिरहेछौँ
निर्निमेषसँग आँखा नचिम्लिकनै।
एक दिन त्यो सपना साक्षात
बनाउँने अठोट्मा
अनि देख्नेछौ तिमीहरूले
बहुलाहरूको सपनाभित्रको
बहुरंगी आयामहरू,
तिमीहरू सद्दे मान्छे भएर पनि
बहुलाएको मथिङल बोकेको
आभास हुनेछ आफैलाई
जब तिमीहरू नै चिर निन्द्राबाट
झसँग बिउँझने छौ
अनायस......../
रचना -जनवरी १६ /२०१२
0 comments:
Post a Comment