Wednesday, January 25, 2012

अब भोग्ने तिम्रा साँझहरु



तिम्रा छातीभरी लस्करै
झुण्डिएका तक्मा र बिल्लाहरु
देख्दा यस्तो लाग्यो,
जतिबेला तिमीलाइे शाहसीको
उपनाम दिएर ती नासोहरु
जिम्मा लगाइेदिए शायद, 
यस्तो सोंचेका थिएनन् होला कि ?
देश र जनताले,
भविष्यमा तिमी आफ्नै मुटुको
टुक्रा र आफ्नै ढुकढुकीको पनि
कालरात्री बन्छौ भनी,
जुन मथिंगललाई तिमीले
इेमान्दारिता र बीरतामा
परिभाषित गरेका ती
तिम्रा समर्पणहरु आज आएर
कसरी कलुषित बन्यो ? 
रक्षकको उपाधी भिरेको
त्यो छाती र भरोशामा 
किन भक्षकको छाँया मण्डरायो ?
हो.....,
अब तिमी पस्चतापको
चिसो छिंडिमा त्यो तातिएको
मगजलाई चिस्याउँने प्रयत्नमा  होलाउ
तर.... अफ्सोच! अब ढिला 
भइे सक्यो,
तिम्रो त्यो क्रुर पशुत्वको राप
चिसिनलाइे,
त्यसैले.....,
अब सम्झ बिगत
झार पश्चतापको आसुँ
जो तिम्रालागी जिन्दगीभरी
दु:खको झरी बनेर बर्सिरहनेछ।
हो,मनमुटावको खडेरी
कुन घर संघारमा पर्दैन ? 
तर त्यस्ता खडेरीलाई
आफ्ना कलिला बिरुवाहरुको  
रंगिन सपनाहरुले मलजल
दिन सक्नु पर्छ,
आफु पौढ रुख बनेर 
बर पिपल झैं शितल
छहारी दिने प्रयत्न गर्नु पर्दछ
तर...खै!
तिम्रो मानसिकतामा
साँच्चै ती भिरेका बिल्लाहरुको
नकारात्मक अहमताको
असर पर्‍यो कि ?
कि त कानुनको खरिद गर्न सक्ने 
दिवास्वप्न देख्यौ ?
त्यो त तिम्रै आत्मालाई थाहा होला
तर हामीले त सोँच्न थाल्यौं,
साँच्चै  तिमी पश्चतापको झरिमा
रुझ्न थाल्यौ.
अब  जिन्दगीभरी त्यो
निर्दयी झरीको कठ्याङ्रिने
साँझ सधैं भोग्ने छौ,
जीवन पर्यत्न,
जीवन पर्यन्त ......./
अस्तु /

0 comments:

Post a Comment