कुपोषण र भोकमरिले बालबच्चा थलिसके
खेल्ने कुद्ने बेलामा नि कमजोर बन्दै ढलिसके ।
कहाँ गए बाल अधिकार कहाँ गए बाल सेवा ?
बालशुलभ सपनाहरु देख्न नपाई जलिसके ।
तरुण हुन बाँकी नै छ कलिलोमै यस्तो हालत
रोग अनी कुपोषणले बाल यौवन छलिसके ।
बाल बच्चा देशकोलागी गहना हुन भन्ने गर्छन्
ताते गर्न सिकाउने नै बाटो छाडि चलि सके।
खेल्ने खाने बेलामा नि यस्तो दशा झेल्नु पर्ने
रहरका क्षणहरु थाहा नपाई टलिसके ।
(रचना - जुलाई २८/ २०११ )
0 comments:
Post a Comment