दुनियाँको आँखा छली आउँथे म रातमा
उपहार दिन ल्याउँथें गुलाब फूल हातमा ।
जब मेरा पाउँजु बझ्थे धड्कन बढ्थ्यो तिम्रो
सम्हालिँदै आउँथे म फँस्न तिम्रो बातमा ।
लजाउँदै शर्माउँदै तिम्रै समिप पुग्न
घुम्टो ओढी आइेदिन्थेँ बेहुलीको जातमा ।
नपिइे हुन्थे अधर् पनि पिएसरि मेरा
लट्ठ तिमी परिदिन्थ्यौ जवानीको मातमा ।
साँझ पख डोली चढि तिम्रै सामु पुग्थें
बिहानीमा टल्कीदिन्थेँ शीत बनी पातमा ।
रचना - अगस्त /११/ २०११
0 comments:
Post a Comment