गेंडी
(आजको गेँडी समय,चलन चल्तीका भोगाइहरुमा समर्पित भाव )
पुर्खा बाँचे हजुर,खोलेफाँडो खाएर
हामी बाँच्यौं लौननी,बिलाशिता पाएर
चटक्कै ...........,
सम्झिँदा त,मनै कटक्कै ........./
कस्तो कस्तो जमाना,भोग्नु पर्ने चलन
दुनियाँ नै यस्तै छ, इर्ष्या रिस जलन
छलेर ............,
बाँच्छन् हेर,सबै जलेर ........../
रणबन जंगल, गाइे बस्तु चराइ
बुक्कीफूल गुराँस,अत्ती मन पराइ
डालिमा ................,
मनै रम्यो, बाली नालिमा ........../
अगस्ट ७/ २०१०
0 comments:
Post a Comment