गेंडी
(गेंडीलाई पनि त बिषयबस्तु चाहियो नि ल!आजको बिषय हाम्रा देशका नायकहरुमा समर्पित छ ) आचार्य प्रभा
राजनीती अन्योल नेताहरु गँवार
डुबिसक्यो देश लौ, छैन केही बिचार
भुसुक्कै ........
भागे नेता सबै लुसुक्कै ......./
बोली बचन् सुनको,ब्यवहार फलाम
मौका परे गर्छन,सबैलाई सलाम
हेरेर ............
राज गर्छन् जूनी फेरेर ............/
भाषण् छाँट्दा,मुखमा तीनपाथी नौनी घ्यु
ताकपरे लौन नि,गर्दैहिंड्छन् हजुर् ज्यु
खोलिमा .........
भर छैन यिन्को बोलिमा ......./
अगस्ट ६/ २०१०
0 comments:
Post a Comment