Tuesday, January 31, 2012

गीत


कम्मरमा पटुकी  हेर बेर्‍हेकी
आँखा झिम्म नगरी कस्लाइे हेरेकी
लोभी नजरले..............
कस्तो गरी मन चोर्‍यो,मीठो अधरले ....../

सोर्‍ह नाघी सत्र बल्ल पुगेकी छौ सानी
उमेरले देखाइ सक्यो उर्लेको जवानी
लोभी आँखाले...............
कस्तो गरी दिल लग्यो मोहनी भाकाले ......./

कानैमा च्याप्टे सुन , कण्ठ हार
नाखैमा बुलाकी भयोकी  भार
साँचो मनले ......
म पनि पुरीदिउँला त्यस्तै धनले ......./

तरुणीको नजरमा मन फँस्यो है
थाहा नपाई कती चाँडो माया बस्यो है
लोभी अधरले ..............
साँच्चै माया बसेछ मनको ठहरले ........../

( रचना - जुन/ १८/ २०११ ) 

0 comments:

Post a Comment