डाँडा पाखा बन जंगल साँझ पख डुल्दै नी
डोकोभरी घाँस पातको भारी सँगै झुल्दै नी
कती सुहाको,गाउँ घरमै मन भुलाको ......../
कपी कलम बिर्सेंर बन जंगलमै रमाइे
आमालाई सघाउन हात उन्को समाइे
कस्तो खुलेको, दु:ख लाग्यो अक्षर भुलेको ........../
चौबन्दी र फरियामा आफुलाई बेर्हेर
आफ्नो जीवन सधैं नै घाँस पातमा अर्पेर
कती अबोध,उस्को ब्यथा कहिल्यै नसोध ......./
मकै भट्मास खाजालाई पटुकीमा लुकाइे
निधारको पसिना निधारैमा सुकाइे
सुख सयल पनि चाहिन्न,उस्को आसुँ खोज्दा पाइेन्न
( रचना- मे/ १३/ २०११ )
0 comments:
Post a Comment