बिरताको गाथा आज गीत बनाइ लेख्दैछु
हर रात सपनिमा आफ्नै देश देख्दैछु ..........
गोर्खालिको शान हामी जहाँ पनि राख्ने छौं
संकटमा पर्यौँ भने पशुपती नै भाक्दछौं ...........
लाहुरेको ब्यथा आज कथा बनाइ लेख्दैछु
शत्रुको बारुदलाई खुकुरिले नै छेक्दैछु ............
आफन्त र गाउँ,घर छाडि आयौँ पर्देशमा
मन,मुटु अल्झेकोछ अझै पनि स्वदेशमा ..........
नेपालीको पौरषता आज चारैतिर छर्दैछु
खाली मनमा नेपालकै मानचित्र कोर्दैछु .........
बिरताको .....................
(समर्पित उही परदेशिएका लाहुरे दाजु भाइहरुमा )
0 comments:
Post a Comment