हामी माथी उठ्नुमा सबैको नै हात छ
एक भई जुट्नुमा सबैको नै हात छ ।
मान्नु पर्छ सबैले पाँच औँला बराबर्
देशको धन लुट्नुमा सबैको नै हात छ।
शरीर भिन्नै भए नि मन एक हुनुथ्यो
पाईलाहरू छुट्नुमा सबैको नै हात छ।
रगतको खोलामा हर् नेपाली पौडिए
बारुदले भुट्नुमा सबैको नै हात छ ।
दोष जति अरुकै थाप्लोभरी बोकाई
एकापस फुट्नुमा सबैको नै हात छ ।
जनता भन्छ नेता नै दोषीको भागीदार्
मुर्ख बन्दै उठ्नुमा सबैको नै हात छ ।
आशाबादी भएर सबै जाग्नु पर्दथ्यो
नेपाली दिल् टुट्नुमा सबैको नै हात छ ।
नारी पुरुष् समान भन्ने नारा बिर्सिंदै
बचन् बाँणले कुट्नुमा सबैको नै हात छ ।
बिगतमा जे भए ती सब नै भुलेर
फाटेको मन् खुट्नुमा सबैको नै हात छ ।
रचना -डिसेम्बर २९ /११
0 comments:
Post a Comment