मान्छेभित्र,मान्छेकै चलिरैछ तानातान
गाली,गलौज नपुगेर गोली,बारुद हानाहान
कस्तो समय आयो हरे!आफ्नै मुटु बैरी भो
अरुलाई घायल पार्छन् अन्जान बन्दै जानाजान ।
पशु हत्या गरेर धर्म कमाउँ भन्छौं हामी
दु:ख,पीडा त्यागेर सधैं रमाउँ भन्छौँ हामी
सुख,खुशी बटुलेर आफै मात्र सुखी बन्न
पिर,सास्ती अरुलाई थमाउँ भन्छौँ हामी ।
आश्वसनको बचन दिंदै पलायन भयौ तिमी
झुटको खेती रोपेर कहाँ कता गयौ तिमी
तिम्रो सानो बचन नै मेरो बाँच्ने आधार थियो
आखिर दुष्ट स्वभावकै मतिभित्र रह्यौ तिमी ।
रचना -डिसेम्बर ९ /२०११
0 comments:
Post a Comment