Monday, January 30, 2012

गीत



परदेशको  पीडा बोकी आज घर टेकेँ
घर आको मैले कती कती सपना देखेँ ............./

कहिले देख्थें संघारमा आफै टोल्हाएको
कहिले देख्थें आँगनमा आफै लोलाएको

कहिले हुन्थेँ सबैसँग हाँसी खुशीसँग
आधा रात बित्थ्यो जब हुन्थ्यो सपना भंग ......./

बिछोडको घाउ बोकी आज घर टेकेँ
मिलनको सपना यस्तै मैले कती देखेँ .........../

कहिले रुन्थें हत्केलाले आफ्नै मुहार छोपी
एकान्तमा छ्ट्पटिन्थेँ तिखो शूल रोपी

बहकिन्थें कहिले कँही मीठो आशा बोक्दै
पिरोलिन्थेँ कहिले फेरि आफ्नै छाती ठोक्दै ......./

सपनाको मीठो पल बल्ल बल्ल पाएँ
स्वदेशी भइे आज मात्र आफ्नो देश आएँ ........./
 ( रचना -१ /१३ /२०११ )

0 comments:

Post a Comment