Wednesday, February 8, 2012

गज़ल





 ( झ्याउरे छ्न्दमा निर्मित श्रीङारिक गजल )  




 शून्य यो पलमा सम्झना बनी आउँछौ तिमी नै
 कबिता मेरो बनाइ गीत गाउँछौ तिमी नै । 


 कल्पेर बित्छ हरघडी मेरो तिम्रो नै यादमा
 मायालु बनी मोहनी पनि लाउँछौ तिमी नै । 


अन्धकार थियो जिन्दगी मेरो नहुँदा तिम्रो साथ
 बनेर सधैं सूर्यको किरण छाँउछौ तिमी नै ।      


राखेर सुत्छु तस्बिर तिम्रो सम्झँदै सिरानमा
बनेर छाँया संघारमा मेरो धाउँछौ तिमी नै ।  


साँचेर राखेँ माया यो मैले दिन नै तिम्लाई
नगर चिन्ता मुटुको माया पाउँछौ तिमी नै । 


रचना -११ /२४ /२०१०

0 comments:

Post a Comment