( नारी र देशको सयुंक्त बर्णनरुपी गजल )
ईन्द्रधनुष शरीरमा सलक्क छ केश
मखमली चौबन्दीमा चटक्क छ भेष ।
सुनाखरी फुले पनि तिम्रै रूप फुल्छ
हर मौसम् ढकमक्क फुले झैँ छ देश।
मुस्कुराउँदा लाली पनि चारैतिर चढ्छ
कतै तिमी रिसाएमा लाग्न सक्छ ठेस ।
प्रकृतिकी रानी तिमी नेपालकी छोरी
कालो घटा छाए पनि लाग्छौ तिमी बेश ।
सौन्दर्यको रौनकतामा रमाउँदैन को र ?
मग्मगाउँने बास्ना चाहे तिमी हुनु पेश ।
रचना -डिसेम्बर -२१ /२०११
0 comments:
Post a Comment