दुई किनार छुँदै बग्ने नदि रहेछौ तिमी
स्वार्थमा डुब्ने अति स्वार्थी भएछौ तिमी
मेरो बिश्वासमा डढेलो सल्काएर यसरी
अन्तै संसारमा रमाउँन सुटुक्क गएछौ तिमी....../
आफ्नै पनि हुँदो रैछ पराई,रगत अचेल
सत्यको भाषा बुझ्दैन कि जगत अचेल
मेरो तेरो भन्नु बेकार छ है बुझी लेऊ सबले
जन्मेको सार नै लाग्न थाल्यो फगत!अचेल ......./
मुखको भरमा बिश्वास गरेंछु सजिलै
उस्कै नजरबाट कसरी झरेछु सजिलै
बोली त थियो मुलायम रुवा झैँ उस्को
ब्यर्थमा उस्कै भर किन परेछु सजिलै........./
रचना - जनवरी १२ /१२
0 comments:
Post a Comment