Saturday, February 11, 2012

''कबि प्रतिष्पर्धी लडाकु होइन ''

                                               
म प्रतियोगी बन्न सक्छु
तर ---प्रतिष्पर्धी बन्न सक्दिन
मैले कबितालाई दाउमा राखेर
कसै सँग बाजी जित्नु छैन
''कबिता ''त स्वच्छ, साँचो भावना
अनि  समाजको दर्पण हुनु पर्दछ
न कि ---कसैको कलमको आसुँ जित्ने लक्ष /
यदी ---उसो हो भने त
आफ्नो सन्तानलाई दाउमा राखे सरह भो नि !
के कसैले आफ्नो मन ,प्राणलाई
दाउमा राख्न सक्छ ?
त्यसैले ---मेरो आशयमा
साहित्यको   नीति   भनेको
होड्बाजी गर्ने मैदान होईन ,
'कबि''साहित्यकार 'प्रतिष्पर्धी
लडाकु होइनन्
जो,एकापसमा लुछाचुँडी गर्दछन
अनि  ---त,
मलाई भन्न मन लाग्दछ
म आफ्नो भावनारूपी सन्तानलाई
च्याँखे  दाउमा थापेर
कबिरूपी जुवाडेमा अनुवाद हुन चाहन्न ,
हो ---प्रतिष्पर्धाको मैदान दिईन्छ
यस्को आशय 'अर्थ'र 'अभिमान'
जित्ने लालच दिनु होईन
फेरि  ---जित्नुको अर्थमा अभिमानी
बन्नु होईन,
त्यो त कबि भावनाहरुलाई
उत्साहित गर्न स्थान दिनु हो ,
कबिको कलमलाई मलजल दिएर
फलाउनु,फुलाउँनु र प्रेरित गर्नु हो /
साहित्य अर्थोपार्जनको अपेक्षामा
कहिल्यै समाहित हुँदैन
बरु ---रित्तो बनेर अरुको
पीडा,ब्यथा पोख्दछ,
बिकृति  बिसंगतीको दर्पण बनेर
आफु चर्कन्छ,समाजमा छर्लगिन्छ   /
कबिताको रूप भनेको
कोमलताको प्रतीक हो,
हृदयाभित्रको   स्पन्दनको बिम्ब हो
त र ---'हार' र 'जीत'को खेल होईन
त्यसैले ---म कबिता जन्माउँछु
झुठो प्रशंसाको लालचको निम्ती होईन ,
म भावना प्रष्फुटन गर्छु
सत्य गालीको अपेक्षामा /
हो ---यो सहि हो ,
कबिले 'गाली' पनि पाउनु पर्दछ
कबिताले  'ताली'पनी पाउँनु पर्दछ
त र ---गालिको अर्थमा
घृणा होईन ,
अनि  ---तालिको गड्गडाहटमा
झुठो प्रशङ्साको धाप होईन
जस्ले कबिको भावना
हत्तोत्साहित नबनोस्
झुठो प्रशंसामा कबिको
कलम नमात्तियोस्  /
म कबिता फुर्दछु ,
समाजको सत्यतालाई उजागर गर्न
त र ---म पर्तिष्पर्धी कबिता कोर्दिन
जितेर अभिमानी बन्न
किनकी ---कबिता हारजीतको खेल होईन /
बरु ---हुनसक्ला ,
भावनाहरुलाई शब्दहरुमा सजाएर
कबिताको स्वरूपको
तार्तम्य  मिलाउन नसक्नुको
कमी कमजोडी शब्दहरुलाई
'कबिताको'आकृती दिन नसक्नुको
असक्षमता /
त्यसैले ---मलाई लाग्दछ ,
कबितारूपी भावना कहिल्यै
नमिठो र अशोभनिय हुँदैन ,
हुन सक्लान् ,
'कबिता'बिद्रोहको
रापिलो लप्का जहाँ .................
अन्याय,अत्याचारले
परकाष्ठा नाघेको हुन्छ
त्यसैले ---म 'कबिता'मा अर्को
बिशेषण थप्न सक्छु
'कबिता'अन्याय,अत्याचार,
दमनको नारा पनि हो /
म;अझै पनि भन्दिन
'कबिता'दौड्ररूपी मैदानको खेल हो
बरु ---भन्छु ,
यो त सुस्त,सरल,शान्तसँग बग्ने
भावनारूपी नदीको प्रवाह हो
सत्य र सहि मर्महरुको उपज हो
संसारको मन जित्ने साधन हो
बाजिमा राखिने बस्तु होईन /
मैले कबिताको 'फेत'मा नै भनी सके
कबिता कबिको  मोल हो
त र ---प्रतिष्पर्धाको मुल्य होईन
त्यसैले समग्रमा म घोषणा गर्छु
म प्रतियोगी बन्न सक्छु
अँ 'ह ---पर्तिष्पर्धी बन्न सक्दिन /

0 comments:

Post a Comment