Saturday, February 4, 2012

गज़ल


जिन्दगीको किताब पढ्न सकिन
सफलतामा अगाडि बढ्न सकिन ।

तगारो नै बनेर आयो समस्या
काठ जस्तै सल्केर डढ्न सकिन ।

फूल बनी मुस्काएँ खै के बिराएँ?
बनेर म काँढा झैं गढ्न सकिन ।

जिन्दगीको बाटोमा एक्लो भएनी
साथ खोज्दै बाटोमा अड्न सकिन ।

धैर्यताको बाँधमा बन्यो तगारो
सफलताको लिस्नोमा चढ्न सकिन ।

पाएर खै ! भएन साकार जीवन
मतलबी भएर लड्न सकिन ।

0 comments:

Post a Comment