Saturday, February 4, 2012

गज़ल


कुन भाग्यले आज मैले पुनर्जन्म पाएँ
ईश्वरको कृपाले नै फेरि फर्की आएँ ।

श्रिजनामा रमाउने चाहना हो मेरो
त्यसैले नै फेरि आज गजल गीत गाएँ ।

शुभेक्षुक र सद्भावको कामनाले होला
श्रिजनाको छाँया बनी फेरि पनि छाएँ ।

मृत्‍युलाई जितेर नै आज सफल बनी
अब मर्ने छैन भनि कसम पनि खाएँ ।

शरीर यो उठ्न खोज्दा पनि मैले त्यो पल्
मनलाई पंक्षि मानी यो धर्तिमा  धाएँ ।
(रचना -१ /३ /२०११

0 comments:

Post a Comment