Saturday, February 4, 2012

गज़ल

       ( नेता भाव गजल )

कस्को तुजुक कतिसम्म हामी नाप्दैछौँ है
बुद्धी बिवेक मिसाएर हात थाप्दैछौं है ।  

देश जता लागे पनि भलो हाम्रै छ नि
उन्नतिकै खबर मात्र सधैं छाप्दैछौँ है ।  

मुलुक अब बिरामीले जती थले पनि
रोग बनी देश भित्र झनै चाप्दैछौँ है । 

जहाँ जत्ती बिरोध होस्  केही पिर छैन
बिरोध  अझ भए पनि झनै फाप्दैछौं है ।  

जनताको चिसो आँङ जती  कठ्याङ्रियोस् 
राहतको तातो शब्द  अझ  खाप्दैछौँ है । 

0 comments:

Post a Comment