( नव यौवनाको बर्णनरुपी गजल )
सधैंभरी, मुस्काउने,कस्तो मीठो, बानी ?
देख्दा लाग्छ,बैंशालु छौ,यथार्थमा,सानी ।
सरल छौ,सहज छौ,साँच्चै शालीन ,पनि
झुकाउँछौ, सधैं शिर, सारा आज्ञा, मानी ।
सुकुमारी,सुबाशिली,लजावती, छौ नि
प्रक्रीतिले, सजाएकी, सौन्दर्यकी,रानी ।
रूप हेर्दा,लाग्छ यस्तो,गर्छौ धेरै,श्रींगार
ईश्वरको, वरदान पाकी,लक्षिणकी,खानी ।
हाँस्दा लाग्छौ,पुर्णिमाको,जूनसरी,तिमी
हेरिदिँदा, लजाउँछौ, बन्दै बर्षा, पानी ।
(रचना अक्टोबर २० /२०१० )
0 comments:
Post a Comment