Wednesday, February 8, 2012

गज़ल



जति सक्दो बिगार्ने नै बद्नियत हुन्छ आरिशेको
अरुलाई ईर्ष्या गर्ने हैसियत हुन्छ आरिशेको । 


जहाँ गयो चुक्ली लायो आफुमात्र असल बन्यो
अरुलाई लडाउँने कैफियत हुन्छ आरिशेको ।


देखावटी गर्नलाई सबै सामु नतमष्तक्
अरुको नै कुरा काट्ने असलियत हुन्छ आरिशेको ।


दाँया बाँया क्यै नहेरी आफू मात्र जान्ने हुँदै
अहमताको बसमा बस्ने अहमियत हुन्छ आरिशेको ।


आफू मात्र चोखो बन्न अरुलाई दोषी ठानी
भड्खालोमा खसाउँने तरबियत हुन्छ आरिशेको ।


रचना - जनवरी/ ९ /२०१२

0 comments:

Post a Comment