Wednesday, February 8, 2012

गज़ल

म लेख्छु कबिता गजल जसरी
पोख्दछु भावना चिन्तन उसरी ।


दिएर साथ् बन्यो कलम महान
कहन्छु भावको गुण म यसरी । 


भावना मिलेर सृजना बन्दछ
नपोखुँ भावना तब म कसरी ?


बेदना सारा यी गुम्सिए छातिमा
बन्दछ रचना सजिलै त्यसरी । 


पोख्दछु सन्ताप बर्साई मनको
लाग्दछ मलाई पीडा नै म'सरी । 


(रचना -डिसेम्बर/ ७ /२०११)

0 comments:

Post a Comment