हाइेकु / सेन्यु
( केही सेन्यु/ हाइकु मिश्रित )
सुँतु निन्द्रा खै ?
नसुतुँ अनिँधो रात्
आँखा अन्योल्मा ।
उस्को हेराइे
आँखा होइेन तर
मन च्याउँछ ।
झरिको छाता
आँधी हुरिमा बोझ्
जिउ निथ्रुक्क ।
पसिना बग्यो
श्रमले कहाँ हो र ?
शोषणले नै ।
पेट भर्दैछौं
खेतबारि सम्झिंदै
कृतिम अन्न ।
रचना- अगस्त/ २५/ २०११
0 comments:
Post a Comment