मानव भइ असत्यको पोल खोल्नु पर्छ
पीर,मार्का अन्यायको बिरोध् बोल्नु पर्छ
सहि कुरा जस्तो होस् स्वीकार्य नै हुन्छ
आइे परे बिरोधमा जोखिम मोल्नु पर्छ ।
यो अधरले त्यो अधरलाई चुम्न पाए हुन्थ्यो
अँगालोमा बाँधिएर झुम्न पाए हुन्थ्यो
आशक्ती र चाहनाको भोक नठान्नु है
एकार्काको हात समाइे घुम्न पाए हुन्थ्यो ।
मनमा सन्ताप पालेर पनि अधरमा हाँसो साँचेकी छु
मृत्युको सन्मुख पुगेर पनि फर्केर फेरि बाँचेकी छु
बज्ने गर्छन् बिरही गीत मन यो त्यसै चुँडिने गरी
जीवनमा खुशी पाल्नुछ भन्दै तापनी म नाँचेकी छु ......./
0 comments:
Post a Comment