Friday, February 17, 2012

रुबाइेयत

नचाहेर नि वाध्य भई गर्नुपर्छ केही कुरा  
त्यसै किन?घोप्न आउँछन् भुल नभई तिखा छुरा
समयले ठगेपछी कस्को पो के लाग्छ हजुर ???????
भने जस्तो कहाँ हुन्छ सबै ईच्छा,आकाँक्षा पूरा ?

जहाँ टेक्यो धर्ती,उँहि खाल्डो पर्छ
आफन्तले किन,यति घात गर्छ ,
म लाग्छु किनारा,बाढी आई ठेल्छ
निस्छल यो मन,भित्र भित्रै मर्छ ।

संसारमा जन्म लिई मृत्‍युलोकमा जानु पर्छ
जिन्दगी यो बुझ्नलाई हण्डर धोका खानु पर्छ
मान्छेको यो चोला न हो हजार रंग फेरिन्छ है
रित्तै आयौं रित्तै जान्छौं आखिर के पो लानु पर्छ .............?

0 comments:

Post a Comment