''महत्व ''
प्रत्येक बिहान उदाउनु अनि
हर साँझ अस्ताउनु तिम्रो
दैनिकी हो ,
तिम्रो नियम हो ,
तिम्रो स्वधर्म हो ,
धर्तिको साथ चाँहदाचाँहदै पनि
गोधुली साँझ बनेर डुब्नु
तिम्रो बाध्यता हो ।
तिमीले कठ्याङ्रिएका मनहरुलाई
न्यानो आभाष दिइरहेछौ
तिमीले काँपेका अधरहरुमा
रापिलो किरण छरिरहेछौ ।
हो सूर्य ,
जस्ले ---ताप र रापको
महत्व बुझ्दैनन
उनिहरु तिम्रो आगमनमा हाँस्दैनन
जस्ले ---तिम्रो अभावमा
माघे याम काट्छन
उनिहरु तिम्रो उपस्थितिमा रमाउछन
त्यसैले ---कोही रमाउनुमा
तिमी दंग नपर ,
कसैलाई गुमाउनुमा पनि तिमी
हतास नबन ,
त र ---नछोड तिम्रो नित्य कर्म
नडगमगाउ तिम्रा पाइलाहरु ,
तिमी सदा सर्वदा अजर ,अमर
सूर्य नै रहनेछौ ,
सबैलाई न्यानो स्पर्श दिएर
आफु अटल रहनेछौ ।
0 comments:
Post a Comment