Saturday, February 4, 2012

गज़ल


  (प्रणय गजल )

स्वार्थले होइन मनले मायाको बिज गोडौँ न
प्रेमिल भावको स्पर्षले मनको नाता जोडौँ न ।

कलंक लिएर बोकेको मायाको के नै अर्थ र ?
छलेर गरेको मायाको निशानी आजै तोडौं न ।

मेहेनत गरेर प्रेमको बिजको अंकुर् पलाई 
निश्छल मायाको बाटोमा पाइला आजै मोडौँ न ।

कुसंस्कार कुरिती फालेर मायालु सबै जोडीले
धुमिल मायाको रिवाज सँधैको लागी फोडौँ न । 

प्रितको शितल छाँयामा मायाको स्याँल तापेर
शितले शरीर काँपेमा मायाकै घुम्टो ओढौँ न । 
रचना - २ /१३ /२०११

0 comments:

Post a Comment