Saturday, February 4, 2012

गज़ल

 ( प्रेमदिवस गजल )

भन्छन् सबै प्रेम दिवस संघारमा आयो रे
एकार्काको मुटु बिच प्रेमको शित छायो रे ।

युगल् जोडी जताततै प्रेमिल् गीत सुन्दैछन्
अधरको चुम्बन् छाडी मनले माया लायो रे ।  

बासनात्मक माया हैन ज्यानै दिन राजी छन्  
दुई मुटु एकै मानी एकार्कामा चाह्यो रे ।

म्रिगत्रिष्णा तनको हैन मनभित्र खोजेर
सधैंभरी साथ हुने मीठो कसम खायो रे ।

रातो गुलाफ् प्रेमको चिन्ह आत्मा साक्षी राख्दै नै
मन्दिर अनी बंगैचामा भेट्न भनी धायो रे ।

( रचना -२ /१२/ २०११ )

0 comments:

Post a Comment