Sunday, February 26, 2012

कबिता

 ''साईनो ''

तिम्रो सामिप्यताको अर्थ बुझ्न म
आफ्नै मन सँग सोध्ने गर्छु
आखिर... कस्तो साईनो हो यो ?
न त तिम्रो प्रतिबिम्बसँग
म परिचित् छु ,
न त तिम्रो श्वासको बाफसँग नै
म झस्किएकी छु ,
न त तिम्रो स्पर्शको आभाषबाट
म आत्तिएकी छु ,
त र... पनि लाग्छ
तिमी मेरो साईनो भित्रको
केही हौ ,
दुर क्षितिजमा रहे पनि
तिमी मेरो कल्पनाको
रङिन इन्द्रेणी हौ
जस्लाई म सधैं सधैं
साँझपख प्रतिक्षारत भएर
चिहाउने गर्छु।

0 comments:

Post a Comment