Sunday, February 26, 2012

रुबाइेयत

कैँची बनी काट्यौ मेरो मुटुको यो भाग
आखिरमा के थ्यो त्यस्तो तिमीसँग माग ?
भुल भयो बिश्वासमा म रमाउँनु नै
बल्ल मात्र देख्दैछु है लागेको यो दाग ।
 

छुरा बनी मेरो मुटु धस्यौ कस्तोगरी ?
अन्जान बनि मनभित्र बस्यौ कस्तोगरी ?
देखावटी बाचा गर्‍यौ मनै पगाल्दै,
बोलीको त्यो मल्हम आज घस्यौ कस्तोगरी ?
 

छाँया बनि शितल मानेँ तिम्रो प्रीतलाई
मन खोल्दै सुनी रहेँ तिम्रो गीतलाई
शब्द मात्र भावुक रैछ,मन भने कठोर
आखिरमा स्वीकार गरें तिम्रै जीतलाई।

रचना -फेब्रुवरी /२६ /१२

0 comments:

Post a Comment