आज राती सपनीमा तिमीलाई देखें
बिहानीपख सम्झनामा तिम्रै गीत लेखें
सपनीमा आउँदा मात्र भेटे जस्तै लाग्छ
तिम्लाई भेट्दा बाधा गर्ने सबै अड्चन छेकें ।
मुस्कानले भरिएको अधर तिम्रै आशमा छ
मेरो मुटु बन्धक भो,सायद तिम्रै पासमा छ
खोजीरैछु जँहातँही कँही पाउँन सकिन मैले
कतै हराई जाने पो हो कि भन्ने ठुलो त्राषमा छ।
नेताजीलाई कहाँ फुर्सद? जहिले ब्यस्त भाषणमा
बस्दै ठिक्क छ उन्लाई कुर्सीको थरी थरी आसनमा
जनता चाँही जहिल्यै परेका छन् छट्पटीको मारमा
ता पनि कठै!लुछाचुंडी गर्दैछन् महँगो त्यो राशनमा ।
रचना - फेब्रुवरी / २१ /१२
0 comments:
Post a Comment