आलो घाउ निको हुन्न बाहिरी खाटा सुक्दैमा
भित्री ब्यथा हराउँन्न दु:ख ब्यथा लुक्दैमा
उचा शीर गरि बाँच किन झुक्नु आफैदेखी
मान मर्यादा भेटिन्न झन् आफ्नो शीर झुक्दैमा ।
तिमीलाई अँगालोमा सधैं सधैं बेर्हौं लाग्छ
आँखा झुजाई तिम्रै मुहार हरपल हेरौं लाग्छ
कस्तो चाहा बढ्यो मनमा नमेटिने तिर्खा जस्तो
आधा रातमा तिमीतिरै कोल्टे मात्र फेरौं लाग्छ ।
क्षणभरको खुशीमा हाँस्नेहरू
रणभुल्लमा परि बाँच्नेहरू
सोंच जीवनको मुल्य पनि
सुखको गीतमा मात्र नाँच्नेहरू ।
रचना - फेबरवरी २० /१२
0 comments:
Post a Comment