Saturday, February 11, 2012

''असक्त पीडा ''

                                                                   
असक्त पीडा खपेर उन्ले
छोराहरु जन्माइेन,
बुडेसकालको सहारा होलान भनेर
रत्तिभरपनी बोझ नठानी नौ महिनासम्म
पेट्भीत्र  सुरक्षित राखिन
निरीहावस्थाको बैशाखी होलान भनेर
त र ---अफसोच !
ती छोराहरु नै आमाका आँशुका मूलहरु बने
ती सहाराहरुले नै आमालाई असुरक्षित बनाए
ती बैशाखिहरुले नै झन अपाहिज  तुल्याए /
गाँस नरुचेर वाक्वाकिएको बेलामा पनि
जबर्जस्ती मकै र ठेट्ना का गाँसहरु निलिन
गर्भमा रहेको सन्तान दर्हिलो होला भनेर
गर्भवति अवस्थाका कमजोरिपनमा पनि
कुटो,कोदालो गरिन भावी सन्तानले
टेक्ने ठाउँमा अन्नको भंडार
भरियोस भनी
त र ---उफ !
ती बालकहरु नै जवान भएर
आमाको गर्भिणी अवस्थाको
खुराकको पोषणले बल्वान भइ
एकार्कामा बलको तुजुक गरेर
आमालाई नै त्रषित बनाए /
असक्तपनको कुटो,कोदालो
गरेर आर्जेको माटोमा
अन्नको बिपरित रगतको खोला बगाए
आमाको निश्छल,निष्पाप बक्षस्थलमा
क्रुरताको परेड खेले
त्यसैले ---आजकल आमा मौन छिन्
यी सन्तानहरु मेरै कोखबाट जन्मेका हुन ?
या सौतेनी छोराहरु हुन ?
उनी भ्रममा छिन् ,
छोराहरुको नौटकीदेखी /
छोराहरुले न, त,आमालाई
आजभोलि  बहिष्कार नै गर्न सकेकाछन
न ,त ,आफ्नोपन नै दिन सकेकाछन
सबै मग्न छन बोली ,भाषण र शब्दहरुमा
आमालाई सुरक्षित बनाउने र फेरि  सिँगार्ने
झुठो आश्वसनहरुमा
त र ---सबै असमर्थ छन्
बिश्वस्तका बचनहरु दिन
अनी ---आमाको नाङोपनलाई ढाक्न
चन्द्र, सूर्य अंकित मजेत्रो ओढाउन ,
आमाको बक्षस्थलका परेड्का
अमीट डामहरु निको गराउन
त्यसैले ---आमा वाक्यरहित भै
रमिते बनेकी छिन्
छोराहरुको लुछाचुँडी र स्वार्थपरताको
तमाशा हेर्न अनि  ---
आमाले कामना गरिरहेकिछिन्
यी दैत्य छोराहरु कुनै समय अवश्य
राम, लक्षमण झै बन्नेछन्  भनी /

0 comments:

Post a Comment