Saturday, February 11, 2012

गज़ल


मुटु दिई पीडा लिएछु
भिँड माझ एक्लै जिएछु ।

भुल भयो बिश्वास् गर्नु नै
अमृत ठानी बिष पिएछु ।

नदिनुथ्यो माया मुटुको
मैले माया ब्यर्थै दिएछु । 

चोट ब्यथा भरी मुटुमा
आफ्नो मन आफै सिएछु ।

मौलाएको तन मेरो थ्यो 
नजाने खै!किन खिएछु ।

रचना -डिसेम्बर ११ /२०११

0 comments:

Post a Comment