Tuesday, February 7, 2012

गज़ल



न त कबिता,न त गीत हो, गजल
न त मायाहो,न त प्रीत हो, गजल।


सम्झे झर्ना झैँ, हुन्छ शितल ,गजल
सोँच्न सकेमा ,मीठो शीत हो, गजल।


लेख्छौं सबै नै , भइ प्रेरित ,यसैमा
मान्नु पर्दछ,मीठो रीत हो, गजल ।


पोख्छौं असंख्य, हामी कल्पना ,भावना
सबै सद्भाव ,राख्ने हित हो ,गजल ।


छर्छ कबिले,भावनाहरु, कल्पेर
कबिको आत्मा,जित्ने जित हो,गजल


(रचना मार्च २९ /२०१० )

0 comments:

Post a Comment