Tuesday, February 7, 2012

गज़ल

 (श्रिङारिक गजल )
मनबाट, ननिकाल/सजाउन, मलाई
आँखाहरु,बन्दगरी /लुकाउन, मलाई ।


सपनीमा,आइदिन्छु/सुस्तरीको चालमा
बिपनिमा, साथदिन्छु/ फकाउन,मलाई ।


कतै दाग,लाग्नसक्छ/बैंशालु यो,दिलमा
दर्हिलो त्यो,आश दिइ/ छुपाउन मलाई ।


कहिं कतै,गल्ती भए/माफी पनि,देउन
आत्माले नै,स्वीकारेर/रुचाउन, मलाई ।


तिम्रो गाली,तिम्रो इर्ष्या/सबै सबै,सँहुला
मीठो पीडा,दिएर नी/ दुखाउन ,मलाई ।


(रचना अप्रिल १० /२०१० )

0 comments:

Post a Comment