"अन्जान सम्झौता "
आफ्नो श्रीमानको मोबाईलमा भएको बच्चाको तस्बिर हेर्दै ऋचाले आफ्नो श्रीमानलाई लाडिएको स्वरमा भनी । "हजुरलाइे साँच्चै बच्चाको प्यास जाग्न थाले जस्तो छ त्यसैले त अब मोबाइेलमा पनि बच्चाको फोटो सजाउँन थाल्नु भएकोछ । अब पहिलाको हाम्रो सम्झौतालाई तोडी दिउँ ।" उस्को श्रीमानले अत्तालिँदै प्रश्न तेर्स्
याए । "कस्तो सम्झौता?" ऋचाले शर्माउँदै भनी। "क्या त बिहे गरेको पाँच बर्ष सम्म बच्चा नजन्माउँने भन्ने सम्झौता । बिर्सिनु भो?" ऋचाको आशय बुझेर श्रीमानले अलिक अन्कनाउँदै भने । "हो ऋचा तिमीसँग त्यती मात्र मेरो सम्झौता होइन । तिमीसँगको अर्को मेरो सम्झौता हो अमेरिकामा स्थाइे हुनलाइे तिमीसँगको विवाहको नाटक । तिम्रो ग्रीनकार्डसँगको विवाह हो मेरो । तिम्रो जीवनसँग होइन । अनी अब यो पनि जान। यो मोबाइेलमा भएको बच्चाको तस्बिर मेरी छोरीको हो जो नेपालमा हुर्कंदैछ आफ्नी आमाको काखमा । ऋचा किङ्कर्तब्यबिमूढ बन्छे ।

0 comments:
Post a Comment