नयाँ नेपाल बनाउँन कती जनता मरे हेर
जिउ ज्यान दाउमा राखी गर्न सम्म गरे हेर।
तर खै! त नयाँ नेपाल ? पुरानै छ ढाँचा अझै
आशारुपी पालुवा नि कोपिलामै झरे हेर ।
सयौं आत्मा शहिद् बने देशकोलागी ज्यानै दिइे
बचन् दिने नेताले त अर्कै रूप धरे हेर ।
एकापसमा शत्रु बनी रगतको होली खेल्दै
त्यही जात्रा अहिले त धर्मरमा परे हेर ।
गाउँ घर बनजंगलमा सन्यासी नै बन्नेहरु
अहिले त लाज पचाइे महलमा सरे हेर ।
युवालाइे लड्न लगाइे आफु कुनो लुकेर नै
बस्ने बास कहाँ कता झुटो आश छरे हेर ।
( रचना - जुन २२ २०११ )
0 comments:
Post a Comment