दु:खसँग भाग्दै सधैं सुख मात्र चुन्छौ किन ?
थोरै आपत आइे पर्दा डाँको छाडी रुन्छौ किन ?
जिन्दगी हो आपत् बिपत् जे आउँछ टार्नै पर्छ
सुखको नै कथा मात्र धित मान्दै सुन्छौ किन ?
मुटु दर्हो भए मात्र शाहसिलो अनि बन्छ
कम्जोर र हरुवा झैं सधैं तिमी हुन्छौ किन ?
आशाबादी हुनु पर्छ निराशालाइे पन्छाएर
जहिल्यै नि निराशाको धागो मात्र तुन्छौ किन ?
अर्काको पो दु:ख हेरी आफ्नो पीडा भुल्नु पर्छ
हरे!सधैं तिमी चाँहि दु:ख सबै धुन्छौ किन ?
समयको छललाइे कस्ले जित्न सकेको छ
सुख भेट्ने आशा बोकी मृत ढुङ्गा छुन्छौ किन ?
सत्यताको अनुयायी बन्ने धोको मनमा बोकी
असत्यको ढोङमा फँसी झुठो जाल बुन्छौ किन ?
( रचना- जुन -१०/ २०११ )
0 comments:
Post a Comment