Friday, February 3, 2012

गेंडी


१ )
तिर्खाएर नजर तिमीतिरै धाउँछ
कोमल यो,मुटुले साँचो प्रीत लाउँछ
रसैमा ........... 
भेट्न आएँ रात्री बसैमा ......./
२ ) फूलभन्दा पातैमा,मन भयो फुरुक्क
सालीदेखे भिनाजु कत्ती सार्हो हुरुक्क
मातैले.........
सतायो नि साली जातैले ......./
३ )दिनभर सम्झना,आउँदैन पटक्क
रातभर अनिंदो,मन पनि कटक्क
तिरैमा .........        
लौन म त,परें पिरैमा ........./

0 comments:

Post a Comment