Friday, February 3, 2012

गेंडी

१)


मनभरी बेदना ओँठभरी मुस्कान
चलिरैछ छात्तिमा मन्द मन्द धड्कन
रातैमा
आइदेउ  मेरो साथैमा ........../
२ )


पिरतीको याममा मायालु छौ साथमा
बाचा बाँध्यौं हामीले जुनेली यो रातमा
हाँसेर
जीवन् बाँचौ माया गाँसेर  ........./ 


३ )
भमराले फूलको पराग लुट्दैछ
गुलाबको ह्रिदय यसरी टुट्दैछ
जातैमा
देह अर्प्यो पापी हातैमा  ......

0 comments:

Post a Comment