अमेरिकाका बिभिन्न ठाउँमा आफ्नो सांगीतिक कोशेली लिएर आउनुभएका नेपाली सांगीतिक क्षेत्रका पप सम्राट ओम बिक्रम बिष्ट संग आचार्य प्रभाले फोन मार्फत लिनुभएको भलाकुसारीको सार संक्षेप ।
१ तपाईं को प्रथम साङीतिक प्रवेश कहाँबाट र कसरी भयो कृपया बताइ दिनुहोस् न ?
ओम बिक्रम - मेरो प्रथम साँगीतिक प्रवेश भन्नु पर्दा मैले १० बर्षको उमेर देखि नै गाउँ ,टोल र इन्द्रचोकको डबलिबाट गीत गाउंदै स्याबासी बटुल्दै आइरहेको बेलामा नै मैले स्कुलबाट पनि सांगीतिक प्रतियोगिताहरुमा भाग लिएर साङीतिक यात्राको ढोका खोलेँ । त्यस्पश्चात मैले २०२८ सालमा रेडियो प्रतियोगितामा पप गीत"बितेको जीवन मेरो" भन्ने गीतबाट आफ्नो लक्षको बाटो सम्हालेँ भने दोश्रो गीत "म मौनतामा" र "याद गर ती दिनहरु"हुन र ती गीतहरुले मलाई जिवन्त बनायो र अहिले सम्म ती गीतहरुले नै मलाई बँचाउन सफल भएको छ ।
२ )त्यो समयमा सांगीतिक लडाइँ लड्न कत्तिको गार्हो भयो ?
ओम - बहिनी मलाई ती दिनहरु सम्झँदा अझै कहाली लाग्छ की हामीले धेरै लडाइँ लड्नु परेको थियो आफ्नो कला प्रदर्शन गर्न अहिले जस्तो छ्याप छ्याप्ती रेकोर्डिङ स्टुडियो हरु थिएनन । एउटा रेडियोमा हामी सबैले भर पर्नु पर्थ्यो । एउटा गीत गाउनलाई ६ महिना धाउन पर्थ्यो अरु नभनौँ होला ।
३ )हजुर त एउटा साहित्यिक नक्षत्र दौलत बिक्रम बिष्टको सुपुत्र हुनुहुन्छ त र कसरी गायन क्षेत्रमा प्रवेश गर्नु भयो त बताइ दिनुहोस् न ?
ओम - गीत,संगीत,साहित्य भनेको एउटै मूलबाट बहने प्रवाह हुन त र यी बस्तुहरु हरसबैले पाएका हुदैनन मेरो बुवाज्युले साहित्यको प्रवाहमा बहने प्रतिभा पाउनुभयो भने मैले त्यहि साहित्यले जन्माउने गीतलाई आफ्नो आवाजले सजाउने कला पाएँ बस म बुवाज्यु बाट एउटै रुखको अर्को हाँगा भएर साँगीतिक यात्रामा रमाउन सफल भएँ अर्थात वहाँ साहित्यमा रमाउनु भो म गीतमा ।
४) मैले सुने अनुसार नेपालमा प्रथम पप संगीत भित्र्याउने हजुर नै हुनुहुन्थ्यो रे र त्यसबेला हजुरले निक्कै खप्की पनि खानु पर्यो रे के यो सत्य हो ?
ओम - बहिनी हो यो कुरा सत्य हो । मलाई त्यो समयका बरिष्ट महानुभावहरुले पनि निक्कै घ्रीणा र तिरष्कार गर्नु भएको क्षण म कहिल्यै बिर्सन्न त र म मा धर्यता र आत्मा बिस्वाश थियो की मेरो प्रयोग एकदिन अवश्य सफल बन्नेछ र समयको परिवर्तनसंगै मेरो रोजाइले सफल्ता पाउनेछ भन्ने र आज यो यथार्थमा परिणत भएको छ । म यस्लाइ आफ्नो जीत र खुशी सम्झन्छु ।
५ )दाजु मलाई खट्किएको एउटा कुरा सोध्न सक्छु ?शायद म पनि सांगीतिक फाँटमा लागेकी भएर वा म सँग पनि हजुरले धेरै काम गरिसक्नु भएकोले मलाई यस्तो लागेको हुन सक्छ त्यो के भने हजुर "पप किँग"को उपनामले चर्चित हुनुहुन्छ भनिन्छ "पप गीत"मा शब्दहरु पनि अलिक सस्ता र बाजा पनि हल्का फुल्का र आवाज पनी ठिक्कैको भए हुन्छ भन्ने जुन धारणा छ त र म त त्यसको बिपरित देख्छु तपाइँमा। तपाईंका हर गीतहरु बडो दर्दनाक छन् र तपाइँको आवाज पनि त्यस्तै रोदनले भरिएको वा दर्दभरी लाग्दछन जुन आवाजले कसैलाई पनि मुग्ध पार्दछ । के "पप गीत"लाई मान्छेले अनर्थ त लाएका होइनन ?
ओम - मीठो र गहकिलो प्रश्न, बहिनी हो "पप गीत"लाई यस्तै सोँच्छन र यस्तै पनि भएको छ त्यसैले त अहिलेका कत्तिपय पप गीतहरु हावाको झोंक्कासरी आउँछन र जान्छन भने मेरा "पप गीत"कहलिएका गीतहरु अझैसम्म जिवन्त छन् र त्यहि गीतको प्राणमा म अझै जिवित छु हैन र ?
६ )गीत,सङीतको प्रवेशले जीवन कत्तिको सुखद भएको ठान्नु हुन्छ ?वा गीत संगीतमा नलाग्नु भएको भए जीवन कस्तो हुन्थ्यो होला भन्ने ठान्नु हुन्छ ?
ओम -बहिनी गीत संगीतको ढोका जब उघ्रियो मेरो लागि मैले जीवनको उज्यालो त्यहि समयदेखी पाएँ र जीवन जस्तो सुकै परिस्थितिमा गुज्रे पनि जब म गितार लिएर गीत गुनगुनाउन थाल्दछु जीवनमा सुखले भरिएको अनुभुत गर्दछु र यो क्षेत्रमा नलागेको भए शायद यो जीवन यत्तीको सुखद बन्नेथिएन होला भन्ने ठान्दछु ।
७ )हजुरले सांगीतिक क्षेत्रमा लागेर के कस्तो उपलब्धी प्राप्त गर्नु भयो र कस्ता कस्ता पदकहरु जित्न सफल हुनु भयो ?
ओम - मैले सबैभन्दा पाएको महत्वपूर्ण उपलब्धी श्रोताहरुको अहिले सम्मको माया र सद्भाव जुन कुराले मलाई सास फेर्ने प्राण भन्दा अझ जिवन्त दिने प्राण दिएको छ र म बाँचिरहेछु। अन्य पाएका उपलब्धी र पदकहरु
भन्नुपर्दा १३ बर्षकै उमेरमा स्व.महेन्द्र बाट स्कुलमा पहिलो भए वापत पहिलो पुरष्कार पाएको थिए। २०३७ सालमा रेडियो नेपाल बाट हुने रत्न रेकोर्डिङ सन्स्थाद्वारा प्रायोजित शुभकामना प्रतियोगिता जस्मा प्रोफेसनल गायकहरुको प्रतिष्पर्धामा पहिलो भएं र त्यसको २० मिनेट पछि नै फेरि मलाई नै अर्को पहिलो घोषित गरियो त्यो समयमा सबै अचम्भित भएका थिए । नेपाली सम्बत २०५५ मा राष्ट्रिय प्रतिभा पुरष्कार र छिन्नलता पुरष्कार पाउन सफल भएकोथिएँ । त्यस्तै २००० मा "पप सम्राट "को उपाधीबाट पनि बिभुषित भएँ र २००० मा नै स्व भुतपुर्व सरकार दीपेन्द्रबाट मिलिनियम अवार्ड पाएँ यिनीहरु नै मेरा उपलब्धी र पदक हरु हुन ।
८ ) सांगीतिक यात्राको साथ साथै जीवनको यात्रा चाँही कुन कुन देशहरुमा गर्नु भो अहिले अमेरिकामा हुनुहुन्छ कस्तो अनुभव बटुलिरहनुभएको छ ?
मैले आफ्नो सांगीतिक बहानाले नै बिभिन्न राष्ट्रहरुको भ्रमण गर्ने मौका पाएँ जस्तै म गएका देशहरु भारत,चिन,जापान,बेलायत,कोरिया,हङ्कङ,सिङापूर,मलेसिया,बेल्जियम,अष्ट्रेलिया,फ्रान्स,क्यानाडा र अहिले अमेरिकामा तपाईंहरुसामु छु । अमेरिकामा भएपनि मलाई नेपालमा नै भएको महसुश भएको छ किन की यहाँ मैले नेपालमा जस्तै हर नेपालीहरुको माया र सद्भाव पाएँ मेरा पुराना गीतहरुका प्रशंशकहरु पाएँ जो मेरा गीतहरुमा झुमे,नाचे ।
९ ) तपाईं कहिले फर्कँदै हुनुहुन्छ नेपाल र हर पीडामा डुबेका नेपालीहरुलाई बिदेशको कोशेली के लगिदिनु हुन्छ ?
म मार्च ४ मा नेपाल फर्कंदैछु र म मेरा सम्पुर्ण नेपाली बन्धुहरुलाई अन्य देशको जस्तै शान्ति,सद्भाव र उन्नती,प्रगतीको कोशेली स्वरूप शब्दहरु बोकेर जाँदैछु हुन त अहिले कहाँ नै पो शान्ति छ र ?त र पनि हाम्रो देशमा झैं आफु आफुबिच बैमनष्यता भने मैले यहाँ पाइन । हो त्यहि सन्देश म बोकेर लैजान चाहन्छु मेरो देशका मित्रहरुलाई ।
१० )दाजु म तपाईंको सांगीतिक यात्रामा नै फर्कन्छु है त ?मैले हजुरसँग सांगीतिक यात्रामा साथै हिँड्दा हजुरले मेरो एउटा गीतलाई संगीत गर्न कत्ति पनि समय नलगाएको अनुभव मैले बटुलेकी थिए के हजुरको त्यो खुबी पहिलादेखी नै थियो या पछि पछि मात्र गर्न सक्नु भएको हो ?
ओम - जुनै पनि कुरा जब बानि पर्दै जान्छ तब चाँडै त्यसलाई टुङ्याउन सकिन्छ । मेरो पनि त्यहि भएको हो त र भन्नैपर्दा मलाई एउटा गीत कम्पोज गर्न धेरै समय लाग्दैन ।
0 comments:
Post a Comment