Saturday, February 4, 2012

गीत


लाहुरे गीत    

युवा जाँगर तातो रगत बोकी लाहुर लागेँ
बिरताको विश्वास बोकी आशिष अझ मागेँ ............/

पराइको खटन खान गार्हो हुँदा अत्ती
देबी देउता सबै भाकेँ मनले सम्झे जत्ती ...../

आफ्नो घरको छानो चुँहुँदा उपाय केही थिएन
चिसो जाडो छल्दै बस्न यो मनले दिएन ........./

वीर गोर्खा नेपालीको शान धेरै थियो
त्यसैले त गोर्खालीलाइ वीर भनी लियो ......../

अन्यायको बिगुल फुकी गोर्खा अघी बढ्यो
शत्रुसँग बिना भय वीरता देखाइ लड्यो ................/


रचना -२ /२४/ २०११

0 comments:

Post a Comment