Sunday, February 12, 2012

हाइेकु / सेन्यु



भाइ टिकामा
फुलेको सयपत्री
रमिता भयो ।




दाजु भाइको
खाली निधारभरी
इन्द्रेणी लर्क्यो ।




आउँछु भन्थ्यो
भाइटिकामा भाइ
बाधा प्रवास ।




बाँधेर मन
कोशेली पठाउँदैछु
आशिष,माला।




बिदेशको बास
बहिनीको कोशेली
बिछोड आसुँ ।




रचना- अक्टोबर/ २८/ २०११

0 comments:

Post a Comment