समर्पण उनै सारा प्रवासी माइतीहरुलाई चेली मनको । (भाइटिका गजल)
सयपत्री,मखमली गाँस्दैछु म भाइलाई भनी
रुमालमा आशिष् टिको साँच्दैछु म भाइलाई भनी ।
सम्झना र कल्पनामै बित्ने भयो भाइटिका हरे
यम्दुत् तर्ने फलामे पुल् भाँच्दैछु म भाइलाइे भनी ।
भैलेनी त खेलुँ कहाँ ? परदेशको आँगनिमा दाजै
मन् बेखुशी भएपनी नाँच्दैछु म भाइलाइे भनी ।
शुन्य भयो,होला मेरो,माइती घर,दाजु भाइको मन
दु:ख पीडा मनभित्र नै नाँस्दैछु म भाइलाइे भनी ।
कस्तो साइेत् जुरिदियो तिहारमा बिछोड् हुने आज
बाटो छेक्ने काँढाहरु माँस्दैछु म भाइलाई भनी ।
रचना - अक्टोबर/ २५/ २०११
0 comments:
Post a Comment