( जापानमा गएको सुनामी दुर्घटनामा त्यँहाका पीडितहरुको मनोभावरुपी गजल )
बसेको बस्ती ऊठिदिँदा यसरी
देखेको सपना लुटिदिँदा यसरी ।
कसरी बुझ्छ अब दिल लौन नी
परिवार सबै छुटिदिँदा यसरी ।
के भयो भर प्रकृतिको हेर न
निर्दयी बनी टुटिदिँदा यसरी ।
नीरिह बनी बाँच्नु पर्यो हे दैव !
असिना बनी कुटिदिँदा यसरी ।
साँचेको खुशी लथालिँग भयो लौ
टेकेको धर्ती फुटिदिँदा यसरी ।
( रचना मार्च १६/ २०११ )
0 comments:
Post a Comment